११ असार २०७७ काठमाडौं । लामो समय निजी विद्यालय बन्द हुँदा शिक्षकहरु बाँच्न नसक्ने अवस्थामा पुगेको बताएकी छिन्। विहिबार राष्ट्रिय सभाको बैठ्कमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौडेलले निजी क्षेत्रका शिक्षकहरु अहिले बाँच्नै नसक्ने अवस्थामा पुगेको बताएकी हुन् । का लागि राहत प्याकेज घोषणा गर्न सरकारसँग उनले माग पनि गरेकी छन्।विद्यालय बन्द हुदाँ विशेष गरी निजी क्षेत्रका शिक्षकले तलब नपाउने र जीवन धान्न मुस्किल परेको अवस्था रहेको उल्लेख गर्दै डा.राईले राहत प्याकेज ल्याउन भनेकी हुन् ।उनले शिक्षा र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउँदै निजी विद्यालयका शिक्षकलाई राहत दिन भनेकी छिन्। बिहिबार बसेको राष्ट्रिय सभाको बैठ्कको विशेष समयमा बोल्दै उनले त्यसो भनेकी हुन् । ‘शिक्षकहरु बाँच्न सक्दैनन् भने, विद्यार्थी पनि बाँच्दैनन् उनीहरुको पढाइ पनि बाँच्दैन्।