एसईई रजिष्ट्रेशन फाराम खुल्ला, अन्तिम म्याद मंसीर मसान्तसम्म

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला गरेको छ ।

शैक्षिक सत्र २०८१ मा एसईई परीक्षामा समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको हो । मंसिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ ।

मंसिर मसान्तसम्म फाराम भर्दा सम्बन्धित राजश्व शुल्क बुझाउनुपर्ने छ भने दोब्बर दस्तुरमा ६ सय रुपैयाँ शुल्क तोकिएको छ । दोब्बर दस्तुरका लागि पुस १ देखि १५ गतेसम्मको समय पनि तोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यससँगै दशैँ तिहार बिदापछि धैरै जिल्ला इकाई समन्वय समितिले धमाधम फाराम भराउने सुरु गरेका छन् ।