शवदाह नराख्न आग्रह गर्दै ललितपुर महानगरपालिका वडा नं ११ टोल सुधार समितिले ललितपुर महानगरपालिका गेटमा धर्ना तथा जुलुस् गरिरहेका छन् ।वडा अध्यक्ष इन्द्रमान महर्जनले आवासीय स्थानमा शवदाह गृह बनाउन अनुमति दिन लागेपछि राजकुमार तन्डुकारको संयोजकत्वमा स्थानीयहरुले महानगरपालिका मा धर्ना तथा जुलुस गरेका हुन्।शबदाह गृह निर्माणको बिरोधमा सहभागि एक सदस्यले भने ‘ठाउँ नै छैन् काँ शवदाह गृह बनाउन लागिरा भन्या का ?हामी मेयरसँग बसेर बार्ता गर्छौ र बनाउन दिंदैनौं।
सम्पदा मास्न नपाइने भन्दै सोमबार दिनभर नारा जुलुस गर्दै स्थानीयहरुलेशङ्खमूलमा निर्माणाधीन शवदाह गृहको बिरोध स्वरुप महानगर घेरेका हुन्।उनीहरुले भनेका छन् महानगरले सम्पदा जोगाउनको सट्टा भत्काउँदै छन्।