रामेछाप । रामेछापको साप(सातमारे)मारेमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

गत सोमबारदेखि हराएका रामेछापको मन्थली नगरपालिका–३ सापमारेका १८ वर्षीय सिताराम बसेल घरबाट करिब २०० सय मिटर टाढा अमलाको रुखमा नाइलनको डोरीले पासो लगाइ झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी यही असोज १५ गतेदेखि आफ्नै घरबाट हराएका थिए ।

रामेछापका प्रहरी निरिक्षक शैलेन्द्र खड्काको कमाण्डमा खोजतलासको लागि टोली खटाइएको थियो । उक्त टोलीले आज बिहान करिब ७ बजेको समयमा घरबाट केही पर अमलाको रुखमा पासो लगाई झुण्डिएको अवस्थामा युवकको शव फेला पारेको हो । रामेछापका प्रहरी निरिक्षक शैलेन्द्र खड्काले सो घटना आत्माहत्या हो या होइन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीस्रोतले जनाएको छ ।