कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्र प्रहरीका एक जना सइमाथि खुकुरी प्रहार

२३ वैशाख, धनगढी । कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्र प्रहरीका एक जना सइमाथि खुकुरी प्रहार भएको छ ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका-७ कञ्चन भोजमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र चैंसिरमाथि शुक्रबार राति स्थानीय युवाहरुको समूहले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले राति करिब साढे १० बजेको समयमा चैसिरमाथि खुकुरी प्रहार भएको बताए ।