प्रचन्ड सरकारले गर्यो पेट्रोलियम पदार्थको मूल्य समायोजन

 

 

२१ चैत्र २०७९  । बेला बेला भाउमा हेरफेर आइरहेको नेपाल आयल निगमले सोमबार पुन: पेट्रोलको भाउमा ३ रुपैंया हेरफेर गरेको छ  । भारतीय आयल कर्पोरेशनले भाउ घटाएर सूची पठाएपछि हालै बसेको निगम सञ्चालक समितिको बैठकले भाउ समायोजन गर्ने निर्णय गरेसँगै पेट्रोलको भाउमा  ३ रुपैँया  हेरफेर गरेको हो ।

निगमको निर्णयअनुसार डिजेल प्रतिलिटर १० र पेट्रोलमा ३ रुपियाँले मूल्य घटेको छ । निगमका अनुसार डिजेल, मटीतेल र हवाई इन्धनको भाउ लिटरमा १० रुपियाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपियाँले घटाउने निर्णय भएको छ । सो घटेको भाउ सोमबार राति १२ बजेदेखि लागू हुने निगमको भनाइ छ । खाना पकाउने ग्याँसको भाउ भने यथावत राखिएको छ ।