नेपाल सरकारले प्राकृतिक रुपमा उत्पादित ग्याँसको वेवास्ता गरेको पाइएको छ । सरकारको वेवास्ता पछि ग्याँस खानीमै खाना पकाएर स्थानीयले गुजारा टार्न थालेका छन् ।पहिले खेतको बीचमा रहेको चहुरमा देखिने ग्याँस खानी आजभोलि वरिपरि घरैघरले घेरिएको र सानो चहुरको बीचमा पर्छ । ललितपुर जिल्ला अन्तर्गतको महालक्ष्मी नगरपालिकामा यो ग्याँस खानी अझै सरकारको वेवास्तामा पाइएको हो ।
महालक्ष्मी नगरपालिकामा ग्याँस त्यतिकै खेर गइरहेको एक स्थानीयले (पासा)ले बताएका छन् ।बिसौ वर्ष देखि खुला चहुरमा प्राकृतिक रुपमा उत्पादित ग्याँसको त्यतिकै खेर गइरहेको ती स्थानी(पासा)ले बताएका हुन् । ग्याँस खानी नजिकै रहेका कोठामा बस्दै आएका व्यक्तिले बिहान बेलुका सोही ग्याँसबाट खाना पकाउने गरेका छन् । दिउँसो मधुरो देखिने ग्याँस रातमा भने एक तमासले झर्झराउँदो ज्वाला भएर बलेको देखिन्छ । उनकै सूचनाका आधारमा न्युजकिरण डटकम संवाददाताले अवलोकन गरी खिचेर ल्याएको भिडियो जस्ताको तस्तै हेर्नुहोस्: