चारदलबीच प्रदेशको भाग बन्डामा सहमति,रास्वपाको प्रतिनिधित्व नहुने

चार दलबीच सत्ता गठबन्धनका सम्बन्धी भागवण्डाको सहमति भएको छ। सत्ता गठबन्धनमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने कुनै प्रदेश सभामा प्रतिनिधित्व नगर्ने जनाएको छ। चार दलबीच भएको सहमतिबमोजिम प्रदेश सरकारमध्ये वागमती प्रदेशमा आइतबार माओवादी केन्द्रकै शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेर प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। माओवादी केन्द्र र एकीकृत समाजवादीले आधा आधा समय मुख्यमन्त्री चलाउने सहमति समेत भएको हो
लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने भएको छ ।प्रतिपक्षमा रहेका दल हटने छन् । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार उक्त सहमति भएको हो ।
। सहमति अनुसार, वागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने, गण्डकी, कर्णाली र कोशीको नेतृत्व एमालेले गर्नेछ। यसैगरी सुदूरपश्चिम प्रदेशको नेतृत्व नागरिक उन्मुक्ति र एकीकृत समाजवादीले आलोपालो गर्ने सहमतिमा उल्लेख छ । त्यसैगरी मधेश प्रदेशको मुख्यमन्त्रीचाहिँ जसपाले लिने भएको छ ।