प्रचन्ड सरकारले मन्त्रीपरिषद् हेरफेर गर्दै, साँझसम्म सपथग्रहण गराइने

गठबन्धन सरकार भत्किएपछि बनेको नयाँ समीकरणमा एमाले र रा.स्व.पाले अब बन्ने नयाँ मन्त्रिपरिषद्का लागि दलगत नाम सिफारिश गरेको छ । स्वतन्त्रबाट रवी लामिछानेको नेतृत्वमा सुमना श्रेष्ठ,विराजभक्त श्रेष्ठ र डिपी अर्याल सिफारिश भएका हुन् ।एमालेबाट रघुवीर महासेठको नेतृत्वमा पदम गिरी,दामोदर भन्डारी,भगवती चौधरी, राजेन्द्र राई,ज्वाला कुमारी शाह,बलराम अधिकारी र हरि उप्रेती नाम सिफारिश भएको छ । माओवादीबाट वर्षामानको नेतृत्वमा सरकारमा सामेल भनिएको छ ।यदपि, पुष्पकमल दाहाल प्रचण्ड आफै प्रधानमन्त्री रहेकाले पुराना नयाँ अनुहार मिलाएर सरकारमा सामेल गराइने पार्टीस्रोतबाट जानकारी प्राप्त भएको छ । वर्षामान पुनलाई भने सामाजिक सञ्जालमा समेत बधाई दिइएको छ । गठित मन्त्रिपरिषद्लाई आज साँझसम्म सपथग्रहण गराइने भएको छ ।
उता, काँग्रेसले भने माधव नेपाललाई प्रमसहित राष्ट्रिय सभाको अध्यक्ष लिन आग्रह गर्दै मिटिङ गरेको जनाएको छ ।यो समाचार न्युजकिरण संवाद अरुण अधिकारीले तयार गरेका हुन् । प्राप्त जानकारीअनुसार विभिन्न दलबाट बुधबार छानिएका मन्त्रीहरुमा:-

ने क पा एमाले:
– रघुवीर महासेठ (भौतिक पुर्वाधार )
– पदम गिरी (स्वास्थ्य)
-दामोदार भण्डारी (खानेपानी )
-भगवती चौधरी (महिला बालबालिका )
-राजेन्द्र राई (उद्योग )
-ज्वालाकुमारी साहा (कृषि )
-बलराम अधिकारी (भुमि व्यवस्था )
– हरि उप्रेती (रक्षा)

ने क पा(माओवादीः ) केन्द्र
– नारायणकाजी श्रेष्ठ (पराराष्ट्र)
– बर्षमान पुन (अर्थ)
-शक्ति बस्नेत (उर्जा)
– रेखा शर्मा (सञ्चार)
– हित बाहादुर तामाङ,(पर्यटन )

रास्वप

रवि लामिछाने (गृह)
डीपी अर्याल (श्रम)
सुमना श्रेष्ठ (शिक्षा)
बिराजभक्त श्रेष्ठ (युवा तथा खेलकुद)
आदि रहेका छन् ।