महालक्ष्मी नगरपालिका आसपासका मन्दिरमा चर्ने पंक्षीलाई चाराको अभाव

महालक्ष्मी नगरपालिका आसपासका मन्दिरमा चर्ने पंक्षीलाई चाराको अभाव भएको पाइएको छ । प्राय: मन्दिर परिसरमा भक्तजनले चारो खुवाउने चलन रहेपनि ललितपुरको महालक्ष्मी नगरपालिकामा अवस्थित रातामकै पिपलबोटका पंक्षीहरुलाई चाराको अभाव देखिएको हो । मन्दिरको वरिपरिका रुखमा काग भोकले कराइरहेको र चारा खोज्दै परेवाहरु घुमिरहेको पाइएको हो । अंग्रेजी नयाँवर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान भोज भतेर आदिमा मानिसहरुले प्रशस्त मात्रामा खर्च गरेपनि ती पंक्षीहरुको रेखदेख कतैबाट नभएको एक प्रतिक्षारत यात्रुले बताए ।उनले भने,’स्वर्गबाट अजम्बरीको बुटी मानुष्यलाई दिएर आइज भनी पठाइएको आदेशको अवज्ञा गरेर काग आफैले त्यो बुटी निलेर आज अजम्बरी बनेको प्रौराणिक कहानी पाइन्छ ।सोही रुपका कागहरु मन्दिर आसपास चारो खोज्दै कराइरहेका थिए।त्यसो त परेवालाई शान्तिको दूत पनि मानिन्छ । विभिन्न कार्यक्रमहरूको उद्घाटन परेवा उडाएर गरिन्छ ।कतै कतै परेवालाई मन्दिरमा उडाउने वा पूजा समेत गर्ने गरिन्छ ।तिनै परेवाहरु चाराखान नपाएर छटपटींदै गरेको दृश्य ललितपुरको महालक्ष्मी नगरपालिका आसपासका मन्दिर परिसरमा भेटिएको छ । अहिले मानव अधिकार पछि पशुअधिकारबारे सर्वत्र चर्चा भइरहेको छ ।तर,पंक्षीलाई भने किन त्यसको खाने डुल्ने र रमाउने अधिकारमा सम्बन्धित पक्षको ध्यान नगएको होला ।ध्यान जानु जरुरी छ । यस्तो छ मंगलबार लिइएको भिडियो दृश्य:-