संस्कृत भाषाको ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेदलाई नेपाली भाषामा अनुवाद गर्ने साहित्यकार मध्ये एक चर्चित व्यक्तित्व तिलकप्रसाद लुइँटेलको निधन भएको छ ।
लुइँटेलको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो । साहित्यकार लुइँटेलको दुवै मिर्गौलामा सङ्क्रमण भएको थियो ।
४० भन्दा बढी कृति प्रकाशनमा ल्याइसकेका लुइँटेलले संस्कृत भाषामा रहेको चार वेदलाई नेपाली भाषामा अर्थ्याएर महत्त्वपूर्ण योगदान दिएका थिए । वेदलाई संस्कृतबाट नेपालीमा अनुवाद गर्ने स्वामी प्रपन्नाचार्यको जस्तै अर्थिलो अनुवाद उनीद्वारा अनुवादित वेदको रहेको धेरैको बुझाइ रहेको मानिन्छ।