क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा

इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले क्रिसमस मनाउन आइतबारदेखि मंगलबारसम्म (तीन दिन) सार्वजनिक बिदा दिएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सूचनामार्फत सो उल्लेख गरेका छन् ।

सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सबै सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्था बन्द रहने सूचनामा जनाइएको छ । हरेक वर्ष डिसेम्बर २५ मा मनाइने क्रिसमस यस वर्ष पुस ९ गते परेको छ । कतिपय स्थानीय बासिन्दाले भने यो नेपाली संस्कृति विरुद्ध क्रिष्टियन संस्कृतिबाट भएको दवदवा भनी कटाक्ष गरेका छन् ।