आधा सडक पहेँलो गाडीले ढाक्दै ग्वार्को इमाडोल सडक

सातदोबाटोमा रहेको युनाइटेड स्कुल ग्वार्कोमा सर्नु नजिकै आयोटा कलेज खुल्नुले पनि ग्वार्कोमा सधैं सवारी जाम भएको स्थानीयको गुनासो छ । ग्वार्कोमा आयोटा, युनाइटेड कलेजका ठुला ठुला सवारी साधनले सडक आधा ढाक्दै आएको छ ।प्राय: अफिस समयमा विद्यालय छुट्टी हुने र बाहिरको सवारी चाप पनि सोही समयमा हुने गरेको स्थानीयको गुनासो हो । एकातिर ग्वार्को चोकमा बन्दै गरेको फ्लाइट ओभर र अर्कोतिर साँघुरो सडकको प्रभावले सवारी जामको असर बालकुमारी सम्म पर्ने गरेको छ ।प्रभात स्कुलका एक शिक्षकले भने; जहाँ जाम हुन्छ त्यहीं साधन छोडेर स्कुल आउँदा छिटो हुन्छ ।त्यसो त सवारी साधनलाई व्यवस्थित गर्नका लागि ट्राफिक प्रहरीको मुख्य भूमिका रहन्छ । ट्राफिक प्रहरीले सिट्ठी बजाउना साथ हुँइकिने यात्रु कुरिरहेका ट्याक्सी र अव्यवस्थित अन्य सवारी साधन पनि टाप कस्ने गरेका छन् ।सडक साँघुरो छ झन विद्यालयको बस ह्वार ह्वार निस्कियो भने जाम त्यसै भइहाल्छ नी युनाइटेड स्कुल नजिकै रहेका माछा पसलेले बताए । वरिपरि चिया पसलतिर पनि अव्यवस्थित मोटरसाइकल पार्किङमा नराखिएको भने हैन् ।जे होस् कहिले सवारी जामको अन्त्य होला भन्ने जनगुनासो बढ्न थालेको भने पक्कै हो ।