गोदावरीमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका ३ गोदावरीस्थित सडकमा बा.६५ प ५०११ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना भएको थियो।
दुर्घटनापछि गोदावरी नगरपालिका ३ टौखेल बस्ने स्कुटर चालक जाजरकोट घर भएका २४ वर्षीय प्रेम बहादुर शाहको मृत्यु भएको हो ।
दुर्घटनापछि गम्भीर घाइते शाहको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतबाट जानकारीमा आएको छ।
गोदावरीमा स्कुटर दुर्घटना एक युवकको मृत्यु,एक घाइते
