काठमाडौँ महानगरपालिकाले सबै करारमा नियुक्त भएका कर्मचारीहरूलाई स्थायी बनाउने निर्णय गरेको छ ।
बिहीबार नगर कार्यपालिका बैठकले सर्वोच्चको आदेश बमोजिम २०६४ भन्दा अगाडि देखि महानगरसँग जोडिएका कर्मचारीहरूलाई स्थायी गर्ने कार्यविधि बनाउने निर्णय गरेको हो ।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार कार्यविधि बनाएर महानगरले करारका अस्थायी कर्मचारीहरूलाई स्थायी बनाउने छ ।
मानन्धरले भने,”२०६४ सालसम्म अस्थायी करारमा नियुक्ति भएका कर्मचारीलाई स्थायी बनाउन कार्यविधि बनाउने निर्णय भएको हो, अब कार्यविधि बनाउने तयारी गरिएको छ।’महानगरपालिका मेयर अहिले बालेन छन् ।बालेनले हरेक राम्रा कामको जस लिदैं छन् ।