नेपाल शिक्षक महासंघले अमर्यादित शब्द र आशयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हालै निर्वाचित प्रतिनिधि सभा सदस्यले सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति प्रति महासंघले ध्यानाकर्षण गराएको हो ।
च.नं.६९-२०८२
मितिः २०८२।११।२९
विज्ञप्ति
देशमा विद्यालय शिक्षाको विकास तथा नेपाली शिक्षक-कर्मचारीको हक, हित र मर्यादाको प्राप्ति तथा संरक्षणका लागि नेपाल शिक्षक महासङ्घ सदैव प्रतिबद्ध छ । त्यसैले नेपाली शिक्षक-कर्मचारी पेसागत मर्यादा र स्वभिमान विपरितका कुनै पनि अभिव्यक्ति र व्यबहार ने शि महासङ्घलाई ग्राह्य हुन सक्दैन । वि.सं. २०८२ साल फागुन २१ सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित एकजना माननीय साँसदबाट शिक्षक र शिक्षण पेसाप्रति अभिव्यक्त अमर्यादित शब्द र आशयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आफ्नो पदीय गरिमालाई समेत विर्सेर गरिएको यस अभिव्यक्तिप्रति हामी खेद प्रकट गर्दछौं । साथै आफ्नो यस अभिव्यक्तिप्रति क्षमा माग्न र आइन्दा यस्ता विचार व्यक्त नगर्न समेत सम्बन्धित व्यक्तिलाई सजग गराउन चाहन्छौं ।
तुलाबहादुर थापा महासचिव
लक्ष्मीकिशोर सुवेदी अध्यक्ष

