बोर्डिङ स्कुलमा निशुल्क भर्ना अभियान र बढ्दो आकर्षण

अब विद्यार्थीले (शुक्रबार) सरस्वती पूजाको दिन विभिन्न बोर्डिङ स्कुलमा निशुल्क भर्ना हुन पाउने भएका छन् ।निजी तथा संस्थागत विद्यालयको रुपमा चिनिने अधिकांश बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीले शुक्रबार निशुल्क भर्ना हुन पाउने भएका हुन् । बोर्डिङ स्कुलमा चर्को शुल्क लिने भएकाले सर्वसाधारण अभिभावकका बालबच्चा सरकारी विद्यालयमा पढ्न बाध्य छन्। विगतमा तुलनामा सर्वसाधारण देखि उच्च घरानाका अभिभावकको रोजाइमा बोर्डिङ स्कुलमा पढाइको गुणस्तर उच्च हुने गर्दछ भन्ने छ । मासिक १ हजार देखि ५ हजार सम्मको पढाइ शुल्कको बिल तिर्न परेपनि अभिभावकको रोजाइमा बोर्डिङ स्कुल पर्ने गरेको देखिन्छ । सरकारी विद्यालयमा निशुल्क तथा गुणस्तरीय शिक्षा प्रदान गरिएको भएपनि आजभोलिका अधिकांश सहरी समुदायको रोजाइ बोर्डिङ स्कुल हुने गरेको शिक्षक शिक्षिकाहरुको बुझाइ देखिन्छ। आफू सरकारी विद्यालयमा कार्यरत भएर पनि कतिपय अवस्थामा आफ्ना नानी बाबुलाई बोर्डिङ स्कुलमा पढाउन अभिभावकहरु बाध्य छन् । सरकारी विद्यालयमा सेवासुविधा सम्पन्न शिक्षक शिक्षिकाले पढाउने र बोर्डिङ स्कुलमा थोरै तलबमा अदक्ष शिक्षक शिक्षिकाले पढाउने केही नामी विद्यालयका प्रधानाध्यापकको भनाइ देखिन्छ नै । कतिपय बोर्डिङ स्कुलमा झनै राम्रो शिक्षक शिक्षिकाहरुले अध्यापन गराउने भएकाले सबैको रोजाइमा महङ्गो भए पनि बोर्डिङ स्कुलमा बालबच्चा पढाउनु परेको प्याब्सनस्रोत बाट जानकारीमा आएको छ ।उनका अनुसार ३,४ हजार महिनाको शुल्क तिरेर ट्युसन स्टाइलमा पढन पाउनु भाग्यमानी अभिभावकको उदाहरण मान्न सकिने उनको धारणा थियो।