साहित्यिक शहीद कृष्णलाल अधिकारी जन्मेको गाउँमा रहेको श्री निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीहरुले पूर्व विद्यार्थी तदर्थ समिति गठन गरेका छन्। उनीहरुले मंगलबार कोटेश्वरको शान्दार म:म सेन्टरमा पूर्व विद्यार्थी तथा हाल अंग्रेजी विषयविज्ञ गुञ्ज बहादुर श्रेष्ठको उपस्थितिमा सो तदर्थ समिति गठन गरेका हुन । उक्त विद्यालयमा अध्ययनरत सम्पूर्ण पूर्व (भूपू) विद्यार्थीहरुलाई समन्वय गरी वृहत भेला राख्ने योजना पनि गठित समितिको छ । समिति कुनै राजनितिक दलसँग नजोडिने र स्वतन्त्र रहने गठित तदर्थ समिति सदस्य विष्णु आलेले बताए । समितिले मङ्सिर ३० गते शनिबार सनसिटी,जुम क्याफेमा कार्य सम्पादन तथा समिति बिस्तारका लागि वृहत भेला डाकेको छ ।भेला पछि भने समितिले पूर्णता पाउने छ । प्राप्त जानकारी अनुसार गठित समितिको निर्णयले सदस्य शुल्क निर्धारण गर्ने, समिति बिस्तार तथा कार्यसम्पादन गर्ने, छिट्टै वृहत भेला डाक्ने निर्णय गरेको छ ।
गठित तदर्थ समिति सदस्यहरुमा राजन श्रेष्ठ, पूर्ण बस्नेत, अरुण अधिकारी,रिता अधिकारी, सुष्मा अधिकारी,रविन बस्नेत,दिपक श्रेष्ठ, सबिन श्रेष्ठ, लगायतले उपस्थित जनाउनु भएको थियो ।
निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीले गरे पूर्व विद्यार्थी समाज तदर्थ समिति गठन
