ग्वार्को चोकमा निर्माणाधिन ओभरकोफ्लाइ ओभर निर्माणको लागत कुल १७ करोड ६८ लाख रुपैयाँ

काठमाडौँ । ललितपुरस्थित ग्वार्को चोकमा निर्माणाधिन ओभरकोफ्लाइ ओभर निर्माणको लागत कुल १७ करोड ६८ लाख रुपैयाँ रहेको छ ।फ्लाइओभरको लम्बाई कुल ४ सय ९० मिटर हुने छ ।
अहिले पिलर उठाउने कामचाहिं सुरु भइरहेको छ ।
कम्पनीले एमएसी वालको प्रयोग गरी ६ मिटरको पिल्लर निर्माण गरेर उचाइको फ्लाइओभर तयार गर्ने योजना बनाएको छ। निर्माण कम्पनीले इपीसि मोडेलमा ठेक्का लगाएको हो ।

बालकुमारीतर्फबाट दुई सय ८० मिटर लामो र्‍याम र सातदाेबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको र्‍याम निर्माण गरिँदैछ भने यसको उचाइ ६ मिटरको हुनेछ  । हाल ८ लेनमध्ये ४ लेनलाई उठाएर रिङ रोडमा फ्लाइओभर निर्माण गरिँदैछ । यो फ्लाइ ओभरले रिङरोडको जाम हटाउन सहयोग पुर्‍याउने छ ।

निर्माणको जिम्मा पाएको आरसी, समानान्तर र रेलिग्रेले फ्लाईओभरको लागि वीएन्डवी अस्पतालबाट बालकुमारीसम्म र्‍याम उठाएर फ्लाइओभर निर्माण गर्ने योजना बनाएको छ ।
हाल काम धमाधम भइरहेको छ । निर्माण सुरु भएको झन्डै एक वर्षपछि फ्लाइ ओभरको डिजाइनमा समस्या रहेको भन्दै केही समयअघि काम रोकिएको पनि थियो । करिब ६ महिनाअघि डिजाइन सच्याएर निर्माण सुरु गरिएको फ्लाइ ओभरको काम हाल तीव्रताका साथ अघि बढिरहेको जनाइएको हो ।

गत वर्ष माघबाट निर्माण सुरु हुने भनिएको भए पनि डिजाइन स्वीकृतमा ढिलाइ हुँदा फागुनबाट निर्माण कार्य सुरु भएको सो निर्माण कार्यले ११ महिना बिताइ सकेको छ । निर्माण कम्पनीले पेस गरेको डिजाइन केही करेक्सन गरेर विभागले अघिल्लो माघमा स्वीकृत गरेपछि फ्लाइ ओभरको निर्माण कार्य सुरु भएर हाल एक वर्षको निर्माणाधिनकाल खन्डमा दौडिरहेको छ ।
सो फ्लाइओभरले कलङ्की–कोटेश्वर सडक खण्डको सवारी फ्लाइओभरबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनको सवारी ओभर पासको सडक खण्डबाट गुड्ने रहेको छ । कतिपयले भने कलङ्की स्टाइलको पुल बन्न लागेको भनेका छन् ।