बुधबारसम्म २४ लाख ७४ हजार ५२३ ले पाए राष्ट्रिय परिचय पत्र

नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार बुधबारसम्म १ करोड ३६ लाख ८७ हजार ७२३ ले राष्ट्रिय परिचयपत्र नम्बर लिएका छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० छ ।जुन नेपालको कुल जनसाङ्ख्यको ४६.८८ प्रतिशत हो।

गत वर्ष कात्तिक मसान्तसम्म ९९ लाख ५५ हजारले नम्बर लिएका थिए। गएको १ वर्षको अवधिमा ३७ लाख ३२ हजार थपिएका छन्। जुन ३७ प्रतिशतको वृद्धि हो। ०७८ साउनदेखि राहदानी बनाउन परिचयपत्र नम्बर अनिवार्य गरिएपछि परिचयपत्र नम्बर लिनेको सङ्ख्या ह्वात्तै बढ्न थालेको हो। बायोमेट्रिक विवरण उपलब्ध गराए लगत्तै सरकारले राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउने गर्छ । सोही नम्बरका आधारमा राहदानी बनाउन सकिन्छ ।

जुन सङ्ख्यामा परिचयपत्र नम्बर लिने बढेका छन्। त्यही आधारमा परिचयपत्र नै भने वितरण गरिएको छैन। विभागका अनुसार बुधवारसम्म २४ लाख ७४ हजार ५२३ ले मात्रै परिचय पत्र पाएका छन्। जुन परिचयपत्र नम्बर लिनेको १८.०७ प्रतिशत मात्रै हो।

०६६/६७ को सरकारले आफ्नो नीति तथा कार्यक्रम राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी योजना अघि सारेको थियो । ०६७ मै गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना गरिएको थियो। सुरुवाती दिनमा एडिबीको एक लाख १७ हजार कार्ड छपाईको लागि अनुदान प्राप्त भएपछि योजना सुरु भएको थियो । पछिल्लो समय भने सरकार आफैले खर्च गर्दै आएको छ