राष्ट्रिय फोटो पत्रकार समूहले ललितपुरको ६३ परिवारलाई राहत बाँड्यो


६ बैशाख २०७७(ललितपुर)।राष्ट्रिय फोटो पत्रकार समूहले ललितपुरको झरुवाराशीमा रहेकोे बज्र इँटाभट्टामा काम गर्ने मजदुरहरुलाई शनिबार राहत बाँडेको छ।भट्टामा काम गर्ने ६३ मजदुरका परिवारलाई प्रतिपरिवार १० किलो चामल, एक किलो दाल, एक लिटर खाने तेल, एक प्याकेट नून, एक किलो सोयाबिन, एक किलो तने बोडी र एक/एक साबुन बाँडेको हो।मजदुरहरु पछिल्ला दिनमा काम नभएपछि खान नपाउने अवस्थामा पुगेका छन् । परिवार पाल्न सकी नसकी इँटाभट्टामा काम गर्ने मजदुरहरुलाई कोरोनाको प्रकोपले थप पीडा दिएको छ ।लकडाउनका कारण सवारी साधन नचलेका र आफैँले काम गर्ने इँटाभट्टा पनि बन्दाबन्दीको प्रभावले विरक्त लाग्न थालेको मजदुरहरुले बताए। इँटाभट्टाका सञ्चालकले सयौं मजदूरको पसिना चुसेर प्रशस्त पैसा कमाएका होलान् तर मजदुरहरुलाई परेका बेलामा सहयोग नगरेको देखियो ।एक मजदुरले भने-साहुजी एक हप्तामा मुख देखाउन आउँछन् र बस है भनेर गइहाल्छन्, खानपानको कुनै प्रबन्ध गरी दिदैनन् ।

राष्ट्रिय फोटो पत्रकार समूह अरुको दुःखमा रमाउँदैन् सके सहयोग नसके घटना वा परिवेशको अवस्थालाई फोटोमा उतारेर सम्बन्धित निकायसम्म पुर्याएर ध्यानाकर्षण गराउने काम गर्दछ। त्यसो त आफ्नो लागि सरकारले राहत दिनुपर्ने उल्टै आफूले अरुलाई दिनुपर्ने अवस्था यहाँ फोटो पत्रकारहरुलाई नआएको भने होइन् । राहत पाएपछि भट्टाका मजदुरहरुका मुहारमा खुशीको रेखा सल्बलाउन थाले । खुशीले पुलकित भएका उनीहरुका चेहराले ‘सेवा गरे मेवा मिल्छ’ को श्रदाभाव फोटो पत्रकारहरुमा पराकम्पित गरेको बुझिन्थ्यो। भालेको डाँकसँगै इँटाभट्टामा खैलाबैला सुरु हुन्छ।

बिहान घाम उदाउँदा काखे बालक पनि सँगै ब्युँझन्छ । दिनभर इँटा बनाएर कमाएको पैसाले विचराको पेट भरिन्छ कि भन्ने आशामा भट्टा मजदुर ईटा पारिरहेको हुन्छ। सरकारले कोरोना सङ्क्रमण रोक्नका लागि लकडाउन गरे पनि मजदुरलाई अरुमा त कुनै फरक परेको थिएन। मात्र खाने सामल सकिएकाले चिन्ता बढाएको हो । राहत पाएपछि मजदुरहरुका अनुहारमा पनि खुशीको धर्सा देखा परेका थिए ।
करिब ४०० मजदूर रहेको बज्र भट्टामा सर्लाही, काभ्रेपलाञ्चोक, रामेछाप, रोल्पा, सल्यान र बाँकेका कामदार सहित भारतबाट आएकाहरुले पनि काम गरिरहेका छन् ।

newskiran.com

newskiran.com

You May Also Like