ललितपुर जिल्ला प्याब्सनले गोदावरी नगर प्याब्सनको प्रथम साधारण सभा मकर संक्रान्तिका दिन मतिना क्याफे बज्रबराहीमा सम्पन्न गरेको छ।
सभा गोदावरी नगर प्याब्सनका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा माघ १गते भएको थियो।सो साधारण सभामा केन्द्रिय सचिव नवराज महत,जिल्ला अध्यक्ष राधाकृष्ण महर्जन, महालक्ष्मी नगर प्याब्सन अध्यक्ष कैलास कुमार मल्ल लगायतको उपस्थिति रहेको थियो।
सचिब गङ्गाराम महर्जनले सङ्गठनात्मक प्रतिवेदन र आर्थिक प्रतिवेदन कोषाध्यक्ष जगन्नाथ सिलवालले पेश गरेका थिए।