रामेछाप मन्थली नगर काठमाडौं सम्पर्क मञ्चले गर्यो मिसन ग्रासरुट समिक्षा बैठक

८ जेठ २०८० शनिबार, । नेकपा एमाले मन्थली नगर काठमाडौं सम्पर्क मञ्चले मन्चको ८ औ बिस्तारित बैठक सम्पन्न गरेको छ ।मन्चले ६ गते शनिबार दिँउसो (२ देखि ५ बजे) सम्पर्क मन्चको कार्यालय कोटेश्वरमा मन्थली नगर सम्पर्क मन्चको ८ औ बिस्तारित बैठक सम्पन्न गरेको हो ।
बागमती प्रदेश सम्पर्क कमिटीका सदस्य क. राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा रामेछाप जिल्ला कमिटी सदस्य एवम मन्थली नगर सम्पर्क मन्चका निवर्तमान सचिब क. सुर्य माझि, रामेछाप सम्पर्क मन्च सदस्य एवम मन्थली नगर इन्चार्ज क.अर्जुन कुमार श्रेष्ठ, रामेछाप सम्पर्क मन्च सदस्य क.अनिल कुमार श्रेष्ठ, वडा सम्पर्क कमिटीका अध्यक्षहरु, नगर कमिटीका पदाधिकारी र सदस्यहरुको सहभागितामा क.रबिन्द्र कुमार श्रेष्ठको अध्यक्षता र सचिब क.अरुण कुमार अधिकारी थिए ।
बैठक निम्न लिखित निर्णय
१. वडा सम्पर्क मन्चको सांगठानिक गतिविधिको जानकारी ।
२. मिसन ग्रासरुट अभियानको नगर स्तरीय समीक्षा ।
३. पार्टी सदस्यता नविकरण र नयाँ सदस्याता बिस्तार ।
४. जिल्ला सम्पर्क मन्चको सदस्यता नविकरण र बिस्तार ।
५. पुष्पलाल स्मृति दिवसको अवसरमा २०८० श्रावण ६ गते, शनिबार “बृहत रक्तदान कार्यक्रम” काठमाडौमा आयोजना गर्ने आदि निर्णय भएका छन् ।