महालक्ष्मी नगरपालिकाले आज नगर सभा गर्दै

महालक्ष्मी नगरपालिकाले आज नगर सभा गर्ने भएको छ । नगरपालिकाले माघ १५ गते नगरसभाका लागि नगरपालिकाबाट दिइने सेवा सुचारु अवरुद्ध गर्ने भन्दै एक सूचना प्रकाशित गरेको छ । हरेक वर्ष गर्दै आएको नगर सभा यस वर्ष माघ १५ मा गर्न लागेको हो । शिक्षा, स्वास्थ्य,र सहकारीलाई अग्रगामी बिस्तार गर्दै आएको महालक्ष्मी नगरपालिकाले अहिले सडक र व्यापार विस्तारलाई बलजोड दिँदै आएको छ ।त्यसो त ह्वात्तै विकास गरेजस्तो देखिने महालक्ष्मी नगरपालिकाको अफिस भने भाडामा संचालित रहेको नगरका एक कर्मचारीले बताए । ललितपुर महानगरपालिकासँग दुईवटा गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिका छन् । सूचना संचार सुविधाका लागि गोदावरी र ललितपुर महानगरपालिमा एफ एम रेडियो र टेलिभिजन सेवा बिस्तार भइसके पनि महालक्ष्मी नगरपालिकामा न कुनै एफ एम न कुनै टेलिभिजन र रेडियो मै छ । सूचना संचारले समाजमा चेतना बिस्तार गर्ने हुँदा सडक यातायात भन्दा पहिले त्यसको बिकास र बिस्तार हुनुपर्ने ललितपुरका एक पत्रकारको सुझाव छ ।

यस्तो छ नगरको वालमा राखिएको सूचना:-

सेवा प्रभावित हुने सम्बन्धी सूचना

प्रस्तुत सम्बन्धमा यस महालक्ष्मी नगरपालिकाको नगरसभा मिति २०८० साल माघ १५ गते हुनेभएकोले मिति २०८० साल माघ १५ सोमवारका दिन यस कार्यालय र वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक वाहेकका अन्य सेवा प्रभावित हुने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ । यसबाट सेवाग्राहीमा पर्न जाने असुबिधा प्रति नगरपालिका क्षमाप्रार्थी छ ।

प्रदिप पौडेल

प्रमुख प्रशासकीय अधिकृत

प्रदिप पौडेल प्रमुख प्रशासकीय अधिकृत

अवगतार्थ श्रीमान् नगर प्रमुख ज्यू श्रीमान् नगर उपप्रमुख ज्यू महालक्ष्मी नगरपालिका, ललितपुर