६६ स्वर्ण पदक मध्य ४७ पदकका साथ मन्थली मावि प्रथम, तामाकोशी र कर्कला क्रमशः द्वितीय र तृतीय

नमूना विद्यालयको रुपमा पहिचान बनाएको मन्थली माविले यस वर्ष पनि राष्ट्रपति रनिङ शिल्ड प्रतिगोगीता जितेको छ । मन्थली नगरपालिकाको आयोजनामा शुक्रबार देखि सुरु भएको विभिन्न विधामा प्रथम हुँदै प्रतिगोगिता जितेको हो । २२ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा मन्थली माविले विभिन्न विधामा शिल्ड जितेको हो । विद्यालयले यस अघि लगातार २ पटक रनिङ शिल्ड प्रतियोगिता जित्दै आएको छ । कूल ६६ वटा स्वर्ण मध्य सबै भन्दा धेरै ४७ पदक आफ्नो पक्षमा पार्दै मन्थली माविले उपाधि चुमेको हो ।

प्रतियोगितामा तामाकोशी बोर्डिङ स्कुल दोस्रो र कर्कला देवी इङलिस बोर्डिङ स्कुलले तृतिय स्थान हासिल गरेका छन् । प्रथम,द्वितिय र तृतिय हुनेहरुलाई क्रमश, नगद २० हजार, १५ हजार र १० हजारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।

१४ वटा वडाका कूल २२ वटा माविका करिब ७ सय छात्रा छात्रले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, उसु र करातेमा प्रतिस्पर्धा गरेका थिए ।
विजेता खेलाडीहरूलाई वागमती प्रदेशका सांसद एवं नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द कुमार श्रेष्ठ र नगर प्रमुख लव श्रेष्ठले उपप्रमुख ईश्वरी बस्नेत सहितको उपस्थितिमा पुरस्कार प्रदान गरिएको थियो ।