५ जेठ २०८० काठमाडौं ।सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ । आर्थिक वर्षको २०८०/८१ को बजेटमार्फत सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन लागेको हो।
सरकारी कर्मचारी एवम् सार्वजनिक पदधारण गर्ने व्यक्तिहरूले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडाको पोशाक प्रयोग गर्ने व्यवस्था मिलाउने गरि उक्त उद्योग पुनः सञ्चालनमा ल्याउन लागिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए। सरकारले शुक्रबार प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा समेत उक्त बिषय उल्लेख गरिएको उनले बताए।
सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग २०५६ सालदेखि बन्द छ । २०३५/३६ देखि व्यावसायिक रुपमा उत्पादन सुरु गरेको कपडा उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता रहेको छ ।