पर्यटन बोर्डलाई पर्यटन मजदुरको १३ बुँदे ज्ञापन पत्र


१२ साउन २०७७ काठमाडौं ।वैद्य माओवादीको भातृ संगठन क्रान्तिकारी पर्यटन मजदुर संघले पर्यटन क्षेत्रमा कार्यरत मजदुरहरु बिस्थापित हुनबाट जोगाउन पर्यटन बोर्डलाई ज्ञापन पत्र बुझाएको छ ।लकडाउनबाट पीडित अवस्थाका मजदुरलाई राज्य तथा सम्बन्धित निकायले कुनै पनि राहत उपलब्ध नगराएको भन्दै संघका अध्यक्ष देवी गौलीको नेतृत्वमा १३ बुँदे माग सहितको ज्ञापन पत्र नेपाल पर्यटनलबाेर्डलाई बुझाएको हो।

मागपत्रमा उल्लेख गरिएको छ;

१. टिम्स कार्ड मार्फतको १०% प्रतिशत मजदुर कल्याणकारी कोषबाट श्रमिकहरुलाई तत्काल राहतको व्यवस्था गरियोस् ।
२. २४० दिन सेवा गरेका श्रमिकहरुलाई नियुक्ति पत्र दिई सरकारी कर्मचारी सरह सेवासुबिधा उपलब्ध हुने व्यवस्था गरियोस् ।
३. श्रमिकहरु मार्फत राष्ट्रिय निकुञ्जहरुले तथा स्थानीय सरकारले लिदै आएको दस्तुर तत्काल खारेज गरियोस् ।
४. श्रमिकहरुका मौलिक हक अधिकार सूनिश्चित गरि पेशागत तथा सामाजिक सुरक्षाको ग्यारेन्टी गरियोस् ।
५. श्रमिकका लागि उपयुक्त नीति तर्जुमा गरि श्रमिक मैत्री पर्यटन ऐन निर्माण गरियोस् ।
६. सबै खाले असमानता र भेदभावको अन्त्य गरी समान काममा समान वेतन लागू गरियोस्
७. श्रमिकका छोरा छोरिलाई निशुल्क शिक्षा, स्वास्थ को प्रबन्ध गरियोस्
८. पर्यटकको लागि इजाजत प्राप्त गाइड तथा सहयोगी अनिवार्य गरियोस
९. पर्यटन क्षेत्रका विकृति,भ्रस्टाचार र माफियाकरणको अन्त्य गरियोस्
१०. सामाजिक सुरक्षाकर वापत उठाएको रकम श्रमिकहरुको हितमा उपयोग गरियोस्
११. हायर एन्ड फायरको निति बन्द गरि श्रमिकहरुको रोजिरोटीको ग्यारेन्टी गरियोस्
१२. श्रमिकहरुलाई निशुल्क शिक्षा,प्रशिक्षण तथा तालिमको व्यवस्था गरियोस्
१३. श्रमिकहरुलाई उपदान तथा सञ्चयकोषको व्यवस्था गरियोस्
पुनस्च : श्रमिकहरुको जायज मागहरु सम्बोधन नगरिए आन्दोलनमा उत्रन वाध्य हुने जानकारी गराउछौं ।

-क्रान्तिकारी पर्यटन मजदुर संघ नेपाल


newskiran.com

newskiran.com

You May Also Like