रुकुम पूर्वबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ८ को मृत्यु २४ घाइते

रुकुम पूर्वबाट काठमाडौं आउँदै गरेको बस सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ ।बागलुङको निसीखोलामा आज(सोमबार) साँझ दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ भने २४ जनालाई उपचारको लागि अस्पताल लगिएको छ ।बस काठमाडौँ जाँदै गरेको वागमती प्रदेश ०१–००६ ख ३८७९ नंको रहेको र बागलुङको निसीखोला गाउँपालिका ६ स्थित जाउले पानीमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर उपचार गरिएको प्रहरीस्रोतले जनाएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार मृत्यु भएका सातजनाको शव सङ्कलन भएको छ ।जसमा चारजना पुरुष र चार महिला रहेका छन् ।

मृतकको सनाखत हुन सकेको छैन् भने घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर छ । दुईजनाको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक विकले जानकारी दिएका छन्।