सडक पीचको माग गर्दै स्थानीयले गरे सडक प्रदर्शन


२२ असार २०७७ ललितपुर।सडक पिचको माग गर्दै ललितपुर महानगरपालिका वडा नं २८ का स्थानीयले हरिसिद्धिमा सडक प्रदर्शन गरेका छन्।सोमबार बिहान ९ बजे देखि ११ बजेसम्म स्थानीयले यातायात बन्द गर्दा केहिबेर आवतजावत नै बन्द भएको थियो । उनीहरुले कार्टुन प्लेकार्डसहित सडक पिच गर्न
दवाब स्वरुप सांकेतिक विरोध प्रदर्शन गरेका हुन्। पञ्चवर्षीय योजना अन्तर्गत हात्तीवन गोदावरी सडक बिस्तार गर्ने काम रोकिएको छ ।सुरुमा हरिसिद्धि मोड र ठैब बाँडे गाउँ मोडका केही घरहरु सडकमा परेका हुनाले विवाद भइ केहिबेर काम रोकिएको थियो ।०७६/०७७ को आर्थिक वर्षसम्म २०मिटर चौडाइ बनाएर हरिसिद्धिको बाटो पिच गरिने हुइम यस अघिनै स्थानीयमा फैलाएका कारण अब ढिलो भएनी बाटो पिच नगरी बडाले सुख पाउने अवस्था छैन्।

स्थानीय अधिकार प्रयोग गरी यसअघि वडाले भूकम्प र लकडाउनको बेला स्थानीयलाई राहत प्रदान गरेको थियो ।अहिले वडा अध्यक्षले सरकारी बजेट मार्फत नै विभिन्न काम गरिरहेका छन्। केहि समय अघि बडाले पीडित मजदुरलाई खाना खुवाएको र आफ्नो वडामा कुनै समस्या नरहेको वडा अध्यक्ष राजेश श्रेष्ठलेले न्युजकिरण डटकम अनलाइनलाई बताएका थिए ।तर,१०५ दिन देखि चलिरहेको लकडाउनका कारण अहिलेसम्म न श्रमिक मजदुरहरुको रोजगारी चलेको छ न विद्यालय र अन्य उद्योगहरु खुलेका छन्।कामधन्दा नचलेपछि कोठाभाडामा बस्नेहरुले समेत ४ महिना देखिको कोठा भाडा तिर्न सकेका छैनन्। वडाले सामान्य राहत बाँड्दै गरेको भनेपनि राहत बालुवामा पानी बनेको छ।

घरधनीले घरभाडा नउठेकाले आफ्ना बालबालिकाको विद्यालयको अध्ययन फिस समेत तिरेका छैनन्। त्यस्तै विद्यालय नचल्दा अधिकांश बोर्डिङ्मा काम गर्ने शिक्षक शिक्षिकालाई कोठाभाडा त परै जाओस् खान समेत समस्या परेको आइजे पायोनियरका एक शिक्षकले बताए ।एल एमा काम गर्ने केही शिक्षकहरुलाई त झन तलब दिनुको साटो रोजगारी बाटै विमुख गराउने काम समेत भएको थियो ।युनियनको रोहवरमा उनीहरुलाई पुर्नबहाली गरिएको इष्टुका एक सदस्यले बताएका छन्।


newskiran.com

newskiran.com

You May Also Like