३० जेठ २०७७ काठमाडौं । ललितपुर महालक्ष्मी नगर पालिकाले जेठ २८ देखि ३२ गते सम्मको लागि राष्ट्रिय खोप कार्यक्रम गरेको छ। ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउन नगरले दादुरा रुबेला खोप अभियान २०७६/२०७७ संचालन गरेको हो।५ दिने खोप अभियान प्रत्येक वडावडाहरुमा भइरहेको मेयर रामेश्वर श्रेष्ठले बताए ।कोरोना भाइरसका कारण गरिएको लकडाउन केही खुकुलो भएसँगै नगरले जनस्वास्थ्यलाई ख्याल गर्न लागेको हो ।यसपटक नगरले बालस्वास्थ्य तर्फ ध्यान बढाएकाले सबै वडा कार्यालय मार्फत सुई लगाइने भएको मेयर रामेश्वर श्रेष्ठले न्युजकिरण डटकम अनलाइनलाई बताए।