कोरोना कहर
-बसन्त बोगटी
शुभकामना !
गरिबहरुको
न नयाँ हुन्छ
न पुरानो हुन्छ
हुन्छ त यहि एउटा जिन्दगी हुन्छ ।
मजदुरहरुको
न घरबार हुन्छ
न दरबार हुन्छ
हुन्छ त छानो नभएको संसार हुन्छ ।
आज सम्म हाम्रो
कुन दिन नयाँ भयो ?
कुन दिन पुरानो भयो ?
कुन वर्ष नयाँ भयो ?
कुन वर्ष पुरानो भयो।
हाम्रो नयाँ खाने पनि उहि हो
हामिलाई पुरानो भन्ने पनि उही हो
हाम्रो घरबार खोस्ने पनि उही हो
हाम्रो रहर निमोठ्ने पनि उही हो
विश्व मानवतालाई भ्रम दिएर
हाम्रो समय अवसर चुस्ने उही हो
हाम्रा लागी
यो भन्दा
नयाँ समय
नयाँ खुशी
नयाँ विजय
र नयाँ वर्ष के हुन सक्छ ?
त्यसैले सब नयाँ सब पुराना,
मेरा लागि गतिशील ताना,
म उसको अन्त्यका लागी
लडिरहेको छु
लडिरहेको छु
र म कोरोनासँग लडिरहेछु !