गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठ्कले नेपाल प्रहरीका १० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि निर्णय सिफारिस गरेको छ ।
गृह मन्त्रालयमा गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा शुक्रबार साँझ बसेको बढुवा समितिको बैठ्कले रिक्त दस डीआईजी पदमा बढुवाको लागि सिफारिस गरेका एसएसपीहरुमा धिरजप्रताप सिंह, घनश्याम अर्याल, सहकुल थापा, बसन्तकुमार लामा, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, उत्तमराज सुवेदी, रविन्द्रसिंह धानुक र अरुणकुमार बिसी रहेका छन् ।
बढुवा समितिमा आईजीपी ठाकुरप्रसाद ज्ञवाली सदस्य र एआईजी शैलेश थापा क्षेत्री सदस्यसचिव छन्।