बढ्दो कोरोना भाइरसको महामारीलाई बेवास्ता गर्दै केही दिन अघि सम्म लकडाउनको प्रवाह नगरी घरबाहिर निस्केर तास खेल्ने र गफ चुट्ने सिद्धिपुर सुनसानमय बनेको छ ।नयाँ मानिसको प्रवेश भयो कि सुरक्षा कर्मी तथा स्थानीय स्वयम् सेवकले केरकार गरि हाल्छन्।सानागाउँचोक देखि चार दोबाटो र चारदोबाटोमा देखि स्कुल सम्मको घनाबस्ती रहेको सिद्धिपुरको
प्रमुख विशेषता नेवार समुदायको सांस्कृतिक पहिचान झल्काउने र सधैँ धारामा खानेपानी आउने रहेको छ।तर,जे होस् सोमबार एक सूचना जारी गर्दै वडाध्यक्ष बासुदेव महर्जनले लकडाउनको
पालना गर्न समस्त वडावासीलाई हार्दिक अनुरोध गरेका छन्।महर्जनका अनुसार यस वडा नं-६ सिद्धिपुरमा अपरिचित बाह्यको मानिसको आगमनमा रोकावट तथा निगरानी,
अत्यावश्यक वस्तुसेवा सुचारु वा संचालन गर्ने सम्बन्धी समयतालिका सार्बजनिक लकडाउन अवधिभर कार्यान्वयन गर्न गराउन वडाबाट सूचना जारी गरिएको छ।