सिमरा चोकमा भएको दुर्घटनामा १ को मृत्यु ११ घाइते

चितवनबाट वीरगञ्ज जाँदै गरेको ना७ख ४७४९ नम्बरको बस
बारामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको मोतिहारी घर भई वीरगञ्ज बस्दै आएका २७ वर्षीय मुकेश साह रहेका छन्। दुर्घटनामा ११ जना घाइते भएका छन् ।

ना७ख ४७४९ नम्बरको सो बस शनिबार राति जितपुर उपमहानगरपालिका-२ सिमरा चोकमा दुर्घटना भएको हो ।

दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका-२० का ४५ वर्षीय वीरबहादुर महतो, पर्साको वीरगञ्ज महानगरपालिका-८ का ३० वर्षीय सुरज साह कानु, सोही ठाउँका १८ वर्षीय प्रिया गुप्ता, १६ वर्षीया मनिषा साह र २८ वर्षीय मोहन साह छन् । त्यसैगरी वडानम्बर १२ बस्ने २३ वर्षीया सेजल गुरुङ, सोही ठाउँका ५२ वर्षीय ललन चौरसिया, २७ वर्षीय राजनकुमार गुप्ता, बाराको कलैया-७ का १८ वर्षीय प्रसाद गुप्ता, सोही ठाउँका ३५ वर्षीय अविनाश गुप्ता र बारा जितपुरसिपरा उपमहानगरपालिका-२ का १९ वर्षीय अनिष राई पनि घाइते भएका छन् । वीरबहादुर र सुरज साहको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकललाई बचाउन खोज्दा अनियन्त्रित भई बस दुर्घटना भएको पाइएको छ । अझै अनुसन्धान बाँकि रहेको प्रहरीको भनाइ छ ।