कन्टेनरका यात्री वीरगञ्ज प्रहरी नियन्त्रणमा


कोरोना भाइरस संक्रमण नहोस् भनेर नेपाल सरकारले गरेको लकडाउनको बेवास्ता गर्दै कन्टेनरमा लुकीछिपी यात्रा गरेका ५२ जनालाई गएराति वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनको भरतपुरबाट एक महिला र एक बालकसहित ५२ जनालाई बोकी आउँदै गएको ना५ख ९५५२ नम्बरको कन्टेनरलाई राति १२ः३० बजे वीरगञ्जको घण्टाघर चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौँ, भरतपुर, हेटौँडा लगायतका स्थानमा रही काम गर्दै आएका बारा पर्सा जिल्लाका बासिन्दालाई ४० फिटे कन्टेनरभित्र लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा वीरगञ्जको घण्टाघरबाट नियन्त्रणमा लिइएको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी अनुसार प्रहरी नियन्त्रणमा रहेका व्यक्ति तथा कन्टेनरलाई जिल्ला सुरक्षा समन्वय समितिको आज बस्ने बैठ्कको निर्देशनमा अगाडिको कार्वाही अघि बढाइने वा के गर्नेबारे टुङ्गो लाग्ने जानकारी दिएका छन् ।

लकडाउनको अवज्ञान गर्नेलाई स्थानीय प्रशासनले कार्वाही गर्न थालेपछि वीरगञ्जमा अनुमतिबिना सडकमा घुमफिर गर्नेको सङ्ख्या घटेको छ ।११ चैत देखि १८ चैतसम्मका लागि घोषणा गरेको लकडाउनको पहिलो दिन वीरगञ्जमा १५० जनाभन्दा बढीलाई प्रहरीले कार्वाही गरेपछि बुधबार बिहानदेखि सडक सुनसान देखिएको छ । औषधिलगायतका अति आवश्यक वस्तुको उत्पादन गर्ने उद्योगमा काम गर्ने कर्मचारी, चिकित्सक तथा महानगरपालिकाका सरसफाइ कर्मचारी मात्र सडकमा देखिन्छन् ।

newskiran.com

newskiran.com

You May Also Like