सिन्धुपाल्चोकमा बसको ठक्करबाट एक महिलाको मृत्यु,बस चालक प्रहरी नियन्त्रणमा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

बसको ठक्करबाट बलेफी गाउँपालिका–६ की ४५ वर्षीया माइली तामाङको मृत्यु भएको हो । काठमाडौंबाट बाह्रबिसे आउँदै गरेको बा ३ ख ५५४ नम्बरको अरनिको यातायातको बसले उनलाई बलेफी गाउँपालिका–६ स्थित सडक मार्गमा हिजो साझँ ठक्कर दिएको थियो ।

सोही बसमा यात्रा गरेकी तामाङलाई बसबाट झरेर सडक पार गर्ने क्रममा बसले ठक्कर दिई घाइते बनाएको थियो । बसको ठक्करबाट गम्भिर घाईते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार घटनापछि बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।