२०७६ फागुन २ गते शुक्रबारको राशिफल हेर्नुहोस्


मेष:लगनशीलताले बिस्तारै फाइदा पनि दिलाउनेछ। मिहिनेत गर्दा सम्मानित स्थान प्राप्त हुन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सकिनेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। भाग्यले साथ दिए पनि परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला।

बृष:गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ। काम दोहोर्याउनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ।

मिथुन:आकस्मिक खर्च पनि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ।
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ।

कर्कट:भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। साँझतिर रमाइलो भेटघाट हुनेछ। वादविवादमा अघि नसर्नुहोला। विवाद, मुद्दा आदिले अलमल्याउने हुँदा काम रोकिन सक्छ। आलस्य गर्ने बानीले केही पछि परिनेछ। मिहिनेतले स्थापित बनाउन सक्छ। प्रतिस्पर्धामा आफ्नो पक्ष बलियो रहनेछ।

सिंह:गुरुजनको सहयोग र बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। साँझतिर चुनौती हट्नाले काम सम्पादन हुने देखिन्छ। अवसर प्राप्त भए पनि पहिलेका कमजोरी सच्याउन समय लाग्नेछ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। हतारका काममा ढिलासुस्ती हुन सक्छ।

कन्या:आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला।

तुला:लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। प्रतिस्पर्धीले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। अरूका कारण दाजुभाइमा असमझदारी बढ्न सक्छ।

बृश्चिक:अध्ययनमा धेरै समय दिन नसकिएला। बोलीको प्रभाव पनि कमजोर बन्नेछ। शुभचिन्तकहरू जुट्नाले आयस्रोत बढ्नेछन् र दिगो फाइदा हुने काममा सम्झौता हुने देखिन्छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान(सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। तर पहिलेका कमजोरी दोहोरिन सक्छन्।

धनु:रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

मकर:काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन्। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। भेटघाटले उत्साह जगाउनेछ। आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ।

कुम्भ:अरूका विषयमा चासो लिँदा झमेलामा परिनेछ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ तर खर्च गर्नुपर्ने परिस्थिति आउनाले सञ्चय भने नहुन सक्छ।

मीन:दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ।

newskiran.com

newskiran.com

You May Also Like