राहत र पेन्सनवाल, अ ने रा शि संगठन लगायतले गरे सुति सुति विरोध प्रदर्शन

बानेश्वरमा आन्दोलित शिक्षकहरुले आज सुति सुति शिक्षा विधेयकको विरोध गरेका छन् । अहिले त्यसरी सुत्दै आ-आफ्नो सामजिक सञ्जालमा उनीहरुले तस्बिर पोष्ट्याइ रहेका छन् ।नेपालमा स्थायी,अस्थायी,करार,राहत,अनुदान,निजी,
इसिडी,बालकोटा लगायत १७ थरिका शिक्षक छन् ।

०५२ सालमा शिक्षक सेवा आयोगले लिएको परीक्षाको नतिजा शउन करीब १०/१२ वर्ष उनीहरुले कुर्नु परेपछि यस्ता १७ थरि शिक्षकको जन्म भएको मान्न सकिन्छ ।त्यसो त तात्कालिक समयमा रहेको शिक्षा सेवा आयोग अहिले लिक सेवा आयोग तर्फ उन्मुख छ । नेपालको सरकारी जागिरको अवस्था हेर्दा राजपत्राकिंत र राजपत्र अनंकित दुई किसिमका सेवा छन् ।पेन्सन नहुने र मनग्य सेवा सुविधा प्रदान हुने सूचना तथा प्रविधि, खाद्य तथा आपूर्ति मन्त्रालय र दरबार सम्मका विशिष्ट श्रेणीमा कार्यरत कर्मचारीहरु राज पत्राकिंत र लोकसेवामा पहिचान झल्किने खरिदार, सुब्बा अधिकृत जो सामान्य प्रशासन मन्त्रालयको मातहतका, सुरक्षा तथा गृह मन्त्रालयसँग जोडिएका कर्मचारीहरु यो वर्गमा रहेका छन् ।पहिले मानविकी संकाय अन्तर्गत मात्रले लोकसेवाद्वारा प्रशासनका विभिन्न पदमा जागिर हुने व्यवस्था थियो।सैनिक सेवा,प्रहरी सेवा, शिक्षक सेवा आयो जस्ता मातहतबाट परीक्षा पास गराएर सरकारी जागिर खुवाइन्थ्यो ।

अहिले धेरै राजनीतिक नियुक्ति हुनु र देश संघीयतामा जाँदा त्यसको कार्यान्वयनको चरणमा शिक्षक महासंघले आन्दोलन सुरु गर्यो ।केहीको माग सम्बोधन भयो केहीको भएन। हुन त महासंघको नेतृत्वमा भएको आन्दोलन हो भने सबै पक्षलाईसँगै लैजान नसक्नु महासंघको नेतृत्वप्रति खबरदारी पनि हुन सक्ला तर सबैलाई समेटनी गरी सम्झौता नहुनु वा आन्दोलन साम्य पार्न नसक्नु कस्को कमजोरी ? राहत शिक्षक र पेन्सनवाल शिक्षकहरुले हालै गरिएको शिक्षक महासंघको सम्झौतालाई मानेन। अर्को विगत देखिनै महासंघको विरोध गर्दै आइरहेको अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन र प्राध्यापक संगठनले सो सम्झौता धोका हो भन्दै अझै सो संगठन आन्दोलनमै छ ।

अखिल क्रान्तिकारीले त शिक्षा मन्त्रीद्वारा संचालित विद्यालयका लेखा शाखा र प्रधानाध्यापकको कोठामा तालाबन्दी समेत गरेको जानकारीमा आएको छ ।के देशमा तेस्रो जनआन्दोलनको सुरुवात शिक्षक महासंघले थालेको आन्दोलन हुन सक्ला त ? के राहत तथा पेन्सनवालको माग पूरा हुनासाथ शिक्षक आन्दोलन रोकिएला त?