सानो घर कविता

सानो घर

सानो होला मेरो घर मेरो लागि संसार हो,
जहाँ जन्मे हुर्के खेले त्यही माटो आधार हो,

बाँचिरहे मात्र सक्छु आफू बाँच्न,
जून जस्तै हाँस्न सके सक्छु खुसी साँच्न,

नदीनाला नाचिरहे सक्छु आफू नाच्न,
फूल जस्तै हाँस्न सके सक्छु खुसी साँच्न,

धर्ती फुल्दै हाँसी रहे मात्र सक्छु हाँस्न,
घाम जस्तै हाँस्न सके सक्छु खुसी साँच्न।

newskiran.com

newskiran.com

You May Also Like