भारतमा पुरुषको इच्छा विपरीत गर्ने महिलालाई जन्म कैदको सजाय

संयुक्त राष्ट्रसंघको स्थायी सदस्यता दावेदार मुलुक अनि हालै चन्द्रमामा चन्दयान पठाएर चर्चामा रहेको छिमेकी मुलुक भारतमा एक पुरुष बलत्कृत भएका छन् ।श्रीमानको इच्श्रीछा
नहुँदा नहुँदै श्रीमतीले जबरजस्ती गरिन र अन्तत श्रीमानसँग झगडा भयो । झगडामा श्रीमानको मृत्यु भयो ।
यो समाचार छिमेकी देश भारतको अहमदाबादको हो। दक्षिण एसियालाई पुरुष प्रधान समाज भनेर चिनिन्छ तर, यो घटना हेर्दा यहाँका महिला पुरै बदलिसकेका रहेछन् भन्ने देखाउँछन्।यौन सम्पर्क गर्न नमान्दा श्रीमानको हत्या गर्ने महिलालाई अदालतले गज्जबको सजायँ सुनाएको छ। उनलाई दुई हजार जरिवानासहित जन्म कैदको सजायँ सुनाइएको हो।

सेशंस कोर्टका अडिशनल सेशंस न्यायधिश (जज) यूएम भट्टले विमला वाघेला नामकी ५४ वर्षीय महिलालाई दुई हजार जरिवाना र जन्मकैदको सजाय सुनाएका हुन्।यस्तो थियो घटनाः स्थानीय प्रहरीको अनुसन्धान रिपोर्ट अनुसार विमला र उनका श्रीमान नरसिंह शारदानगरमा २ नोभेम्बर २०१३ का दिन दिउँसो आफ्नै घरमा एक्लै थिए। त्यही बेला विमलाले आफ्ना श्रीमानसँग यौन सम्पर्क राख्न खोजिन्।

तर, नरसिंहले मानेनन्। त्यसपछि रिसाएकी विमलाले श्रीमानसँग झगडा गर्न थालिन्। र श्रीमानमाथि पर स्त्रीसँग सल्किएको शंका पनि गर्न थालिन्।लोग्ने स्वास्नीबीच विवाद बढ्दै विमलाले फलामको छडी उठाएर श्रीमानको टाउकोमा हान्न थालिन्। टाउको गम्भीर चोट लागेर नरसिंहको मृत्यु भयो।

श्रीमानको मृत्युपछि आफ्नो घरमा ताल्चा ठोकेर विमला प्रहरी चौकी पुगेर आफ्नो श्रीमानको हत्या भएको बारे जानकारी गराइन्। उनी प्रहरी चौकीमा उजुरीकर्ता (पीडित) बनिन्।