एसईई प्रि प्राक्टिस् पाँचौं दिनमा

एसईई प्रि प्राक्टिस् एक्ज्याजको पाँचौं दिन चलिरहेको यो चित्र न्युजकिरण डटकमले घुम्दै जाँदा एक स्कुलमा क्लीक गरेको हो।

पचासको दशकमा प्लस टु खारेज गर्न लागेको शिक्षा ऐनले अन्तत्वगत्त्वा सरकारीबाट पढाइ हुने आइ ए नै खारेजको दिशामोडमा पुग्यो।भटाभट प्लस् टु निजी स्कुल खोलिएर अहिले सरकारी शिक्षालाई टक्कर दिइरहेको छ। शिक्षा ऐन कार्यान्वयन गर्ने हो भने सब निजी स्कुल बन्द गर्नुपर्छ।तर,त्यसो हुने अवस्था भने अहिले देखिदैन्।करीब९५% निजी विद्यालयका उतीर्ण प्रतिशतले सरकारी २३%सफललाई चुनौति दिइरहेको छ।

अहिले सरकारी स्कुल भन्छ निजी स्कुलले गरेको परीक्षा संचालन एस् ईई प्री प्राक्टिक्स र प्रीटेष्ट वाहियात हो।फि उठाउने नाममा चलाइएको परीक्षा सरकारी स्कुलमा आवश्यक छैन्। ललितपुर जिल्ला शिक्षा इकाईका अधिकृत शान्तिराम पौडेल भन्छन्-यो बेकामको परीक्षा।

ललितपुर प्याब्सनका उपाथ्यक्ष विष्णु बस्नेतका अनुसार पढाएर परीक्षा लिएर विद्यार्थीलाई एसईईमा एप्लस् ल्याउन सक्ने गराउन यो प्री प्राक्टिस् एकज्याम लिइएको हो।

आफ्ना बच्चाहरुलाई सरकारी स्कुलमा नपढाउने शिक्षककै कारण आज सरकारी स्कुल खस्कदो छ।न अनुशासन न शिक्षक नै सक्षम छन्।बढी सेवासुविधा पाएपछि शिक्षकले नपढाएका होइनन्।राजनीति पार्टीका अधिकांश शिक्षक सदस्य छन्। निजी स्कुलमा १०हजार तलब खाने शिक्षकको न फुर्सत छ न राजनीति पार्टीमै उनीहरु आवद्ध छन्।ओ

जे होस् सरकारी शिक्षा र निजी शिक्षालाई एकरुपतामा ल्याउन कि निजी सरकारीमा गाभिनुपर्छ कि सरकारी स्कुलमा कम्तीमा एक वर्ष निजीमा अध्यापन गरेर बसेको अध्यापक जानुपर्छ।सरकारी शिक्षा खस्कनुमा सरकारकै कमजोरी हो भन्दा फरक नपर्ला।

newskiran.com

newskiran.com

You May Also Like