दोलखाबाट काठमाडौं आइरहेको एक बस सिन्धुपाल्चोकको सुकुटेबाट पल्टिएर सुनकोशीमा खस्दा २० भन्दा बढीको मृत्यु भएको छ।
बस दुर्घटना पछि बसमा सवार घाइते ४७ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको डि एस पी माधव काफ्लेले जानकारी दिए । मृतकको सनाखत अझै हुनसकेको छैन् । आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको शैलुङश्वरी यातायातको बस दुर्घटना भई नदीमा खसेको हो ।बस सडकबाट सुनकोसी नदीको बीचमा खसेकाले मृतकको संख्या अझै बढ्नसक्ने बताइएको छ ।
नदीले केही यात्रु बगाएकोसमेत प्रत्यक्षदर्शीले बताएका छन् । बस नदीबाट किनारमा निकालिएको थियो ।प्रहरी तथा बोट कर्मीहरुले उद्धारको काम गरेका थिए।आइतबार दिउँसो सवा १ बजेतिर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने पूर्ण विवरण अझै आउन बाँकि छ ।