दोहोरो नागरिकता समस्या:थापा

संसदको राज्य ब्यवस्था समिति बैठकमा शुक्रबार बोल्दै गृहमन्त्री थापाले भने- भारतसँगको खुला सीमानाले दोहोरो नागरिकताको समस्या आएको छ ।

‘भारतसँगको खुला सीमानाका कारण दोहोरो नागरिकता समस्या आएको छ’, उनले थपे, ‘यो समस्याले देशको विकासमा बाधा पारेकाले समाधानका लागि विधेयक ल्याइएको बताए ।’

थापाले सरकारले ल्याएको विधेयकमा जे लेखिएको छ त्यो नै सरकारको धारणा हो भन्दै विधेयक परिमार्जन गर्ने र सच्चाउने काम जनप्रतिनिधि र समितिलाई अधिकार रहेको पनि उल्लेख गरे ।

नेपालमा मात्र नागरिकताको विषय नभएर अन्य देशमा पनि निकै संम्बेदनशील हुने गरेको छ । उनले नागरिकता ऐन पञ्चायतकालबाटै नागरिकताको बहस चल्दै आएको र विभिन्न ऐनहरु बन्दै गएको बताए ।

गृहमन्त्री थापाले विवाहित अंगीकृत नागरिकताका विषयमा पहिला विदेशको नागरिकता त्यागेको निस्सा ल्याउनुपर्ने प्रावधान भएपनि त्यो नल्याएपनि नागरिकता पाउने व्यवस्था रहिआएको र त्यसले दोहोरो नागरिकता लिन सजिलो बनाएकाले त्यसलाई सच्चाउन अनिवार्य रुपमा विदेशी महिलाले नेपालीसँग विवाह गरेर आएपछि ६ महिनाभित्र त्यहाँको नागरिकता त्यागेको निस्सा अनिवार्य ल्याउनुपर्छ भन्दै संशोधन गर्न लागिएकोबारे स्पस्ट गरे ।

newskiran.com

newskiran.com

You May Also Like