८ बैशाख २०८० काठमाडौं । सम्झेँ, देशको शैक्षिक अवस्था सम्झेँ, फेरि पनि छोरीको आँखाबाट बररर झरेको आँसु सम्झेँ,’ उनले थप लेखेका छन्, ‘कक्षा २ बाट सोही स्कुलमा पढ्दै आएको मेरो छोरीलाई अपमान गर्दै पढ्न जान्दैन, यहाँ हामी पढाउन सकदैनौं अन्त लैजाउन भन्नु स्कुलको गैरजिम्मेवारी हो भनेर सम्झे ।’
छोरीले परीक्षामा राम्रो गरे पनि पढ्नमा अरु विद्यार्थीभन्दा कमजोर रहेको र स्कुलले लिइएको परीक्षामा फेल भएको उनले खुलाएका छन् ।
‘विद्यार्थी कमजोर हुनुमा ८–९ वर्षदेखि पढाउने स्कुलको पनि दोष हुन्छ कि, विद्यार्थीको मात्रै ? एउटा विद्यार्थी फेल हुँदा उ भन्दा बढी शिक्षक र स्कुल फेल हुन्छ भनेर पढेको थिएँ,’ उनले प्रश्न गर्दै लेखेका छन्, ‘मेरो छोरी होइन, तिमी फेल भएको हो, विद्यार्थीसँग कुरा गर्ने सोमत नभएको तिम्रो अहंकार फेल भएको हो भनेर छोरीको गालामा आँसु नसुक्दै त्यो भाइस प्रिन्सिपलको गाला रन्काइ दिउँ भन्ने म निम्छरो बाउको मनमा झोक नचलेको पनि होइन… ।’
त्यही कारण छोरीलाई अन्य विद्यालयमा पढाउने निर्णय गरिएको उनको भनाइ छ । ‘भाइस प्रिन्सिपललाई भेटेर सामान्य गुनासो राख्दै छोरीको ट्रान्सक्रिप्ट मागेर आए, मेरो छोरीलाई जस्तो व्यवहार अरु विद्यार्थीलाई नगर्नु, हरेक बच्चाहरु क्षमतावान हुन्छन्, एकै किसिमको क्षमता नराखे पनि विशेष क्षमता राख्छ, बच्चाहरुलाई हतोत्साहित नगर्नु, बच्चाको अघि उसको अभिभावकसँग बोल्दा सम्मानले बोल्नु, आर्थिक रुपमा गरिब परिवारकै किन नहोस नहेप्नु,’ उनले स्टाटसमा लेखेका छन्, ‘मेरो छोरी पेन्टिङ, गायन, नृत्य, अभिनयमा खुब चासो राख्छिन्, थोरबहुत् जान्दछिन् पनि । यस अलावा फिक्सन पढ्न औधी रुची राख्छिन् । मलाई मेरो छोरीलाई ९/१० कक्षा पढाउने स्कुल चाहिएको छ, लाग्ने शूल्क म नियमित तिर्नेछु ।’
साभार कान्तिपुर