राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को (रुटिन)समयतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गते बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।आइरनगेट (फलामको ढोका)मानिने एसईई परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी र दोस्रोदिन नेपाली संस्कृतः वेदविद्याश्रमतर्फ– अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी मदरसातर्फ – अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य ९ वेदविद्याश्रमको परीक्षा हुनेछ ।
परीक्षा चैत १९ गते मङ्गलवार सकिने तालिकामा उल्लेख छ । परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने कार्यतालिकामा उल्लेख गरिएको छ ।
परीक्षार्थीले रजिस्ट्रेसनर परीक्षा आवेदन फाराम भर्दा फाराममा जन्ममिति र नाम थरको हिज्जे यस कार्यालयबाट उपलब्ध गराइएको कन्ट्रोल लिस्टसँग रुजु गरी फरक परेमा विवरण संशोधन गर्नुपर्ने अवस्थामा विद्यालयले संशोधन गर्नुपर्ने छ ।सोको विवरण २०८२ साल वैशाख मसान्त भित्रमा अनिवार्य रूपमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमार्फत वा सिधै यस कार्यालयमा आइपुग्ने गरी पठाउनुहुन भनिएको छ।
