लोकप्रिय घाँसे तथा रत्यौली गायक दलबहादुर डंगोलको हृदयघात भई उपचारको क्रममा मृत्यु भएको छ ।उनको ८५ वर्षको उमेरमा काठमाडौं स्थित गङ्गालाल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।उनको देहावसानले नेपाली मौलिक ठेट घाँसे गीत तथा समग्र लोक सङ्गीत क्षेत्रमा अपूरणीय क्षति पुगेको लोकदोहोरी प्रतिष्ठानकी अध्यक्ष रिता थापाको भनाई छ । शोकको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।💐 साथै शोक सन्तप्त परिवारजन एवम् आफन्तहरुमा गहिरो समवेदना प्रकट गर्दछु।🙏उनले आफ्नो फेसबुक पेजमा लेखिएको छ ।
घाँसे तथा रत्यौली गायक दलबहादुर डंगोलको हृदयघात भई उपचारको क्रममा मृत्यु
