दिल बहादुर तामाङको कलेजो पूर्ण रुपमा क्षति, उपचार खर्च ४० लाख लाग्ने,स्वास्थ्य उपचारका लागि सहायता अपिल

बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. २ कठजोर निवासी बर्ष ४८ का श्री दिल बहादुर तामाङको कलेजो पूर्ण रुपमा बिग्रेकाले स्वास्थ्य उपचारको क्रममा रहेका छन् । विगत सात महिना देखि ललितपुर ईमाडोल स्थित किष्ट मेडिकल कलेजको आई.सि.यू (ICU ) मा भर्ना गराई पटक-पटक उपचार गराई रहेकोमा स्वास्थ्य अवस्थामा सुधार नआएको र उहाँको जीवन रक्षाको अन्तिम उपाय छिटो भन्दा छिटो कलेजो प्रत्यारोपण गर्नुपर्ने देखिएको छ । हालसम्मको उपचारमा जसोतसो घर परिवारको खर्चले धानेको अब उप्रान्त प्रत्यारोपणको लागि आर्थिक अभाव हुने देखिएको हो ।प्रत्यारोपणको लागि करीब ४० लाख बढी लाग्ने भएको हुँदा आर्थिक अवस्था ज्यादै कमजोर भएकोले समस्त स्वदेश तथा विदेशमा रहनु भएका इष्टमित्र, दाजुभाई तथा दिदीबहिनीहरुले आफूले सकेको सहयोगी हातहरु अगाडी बढाई उपचार कार्यमा सहयोग गरिदिन आग्रह गरिएको छ । उनलाई श्रीमतीबाट कलेजो प्रत्यारोपण गर्ने तयारीमा रहेको जानकारी गराइएको छ।
४०/५० लाखको उपचार खर्चको अभावमा संविधानमा प्रदत्त अधिकारको वयक्तिक अधिकार सुनिश्चित गर्न सबैले आर्थिक सहयोग गर्नु नागरिक कर्तव्य हुन आउँछ। इच्छुक सम्बधित सबैलाई सहयोग गरिदिन आग्रह गरिएको छ ।
दिल बहादुर तात्कालीन समयमा ठेक्का पट्टा गर्दै आएका छन् । भने स्थानीय सामाजिक अभियन्ता समेत हुन् ।
बिरामी दिल बहादुर तामाङको सनराइज बैंक लिमिटेड मुलपानी शाखामा सहयोग गरि Messenger Manila Moktan Ghising Or Mala Ghising मा स्क्रिन सर्ट तथा भौचर पठाई सहयोग गर्दिनु हुन सम्पुर्ण मानुभावहरुलाई बिनम्र अनुरोध गर्दछौं ।

बैक खाताको विवरण्
सनराइज बैंक लिमिटेड मुलपानी शाखा
खातावालाको नाम- दिल बाहदुर तामाङ
खाता नं. ११५१३९३३५०२०५००१ (1151393350205001)

सम्पर्क नम्बरहरु
९७४८२७१२७७(मनिला तामाङ)
९८४४२८००२२(माला घिसिङ )
९८४४२८३०६१ (शोभा तामाङ)
९८५११८१७१९ (Pancharam Moktan)
९८४९६३१४२७ (शंखर रोक्का)