हर्केसँग एउटा कोठा थियो । कोठाभित्र के थियो त्यो मलाई नी थाहा थिएन् । मलाई यति थाहा थियो उ जुरुक्क उठेर आँखा मिच्दै चिया पसलमा पुने गर्थ्यो । इलामे काइलाको चिया पसल खुब चलेको थियो ।उसै त इलामको चिया चल्ने गर्छ त्यही माथि काइँलाको मिठो बोली !अर्डर दिनासाथ दुई मिनेटमै आफू अगाडि चिया आइपुग्थ्यो ।चिया खाएर कोठा फर्केपछि हर्के कोठामा छिर्थ्यो। उसका ड्रम,ग्यालिन र बाल्टिन सब रित्तै हुन्थ्यो ।उसले उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानीले भ्याली हराभरा बनेको होला कहिले सम्झेन् ।जारको पानी किनेर नुहाउने, लुगाधुने शौचालय जाँदानी त्यही पानी प्रयोग गर्थ्यो ।आकाशबाट बेस्सरी पानी परेको दिन उसलाई लाग्थ्यो अब केही हुँदैंन। जागिर जान्थ्यो १०,१२ हजार जाबो तलबले के हुन्छ भन्ने सोच्दैनथ्यो ।केवल औँला भाँचेर तलब नलिएको ४,५ महिना हुन्थ्यो । भूकम्प र लकडाउनपछि नियमित खाने पसलबाट न ग्याँस न चामल नै उसलाई उधारो मिल्थ्यो । पाहुनाले कोठा भेटिन्थे । महिना गर्नासाथ कोठाभाडा खनखनी बुझाउन पर्थ्यो ।खल्तीमा सुको हुँदैनथ्यो तैपनि उ खुसी नै थियो । उसलाई तनाव थिएन् ।कमाएर बचत हुन्छ भन्ने सोच्दैनथ्यो । पाए खाने नपाए भोकै सुत्नुको विकल्प थिएन् । कहिले काँहि बाहिरफेर साथीहरू भेटेर आउँथ्यो।गाडी चढने पैसा हुँदैनथ्यो ।साथीहरु कसैले वास्ता गर्दैनथे ।तैपनि उ ऋण गरेरै भएपनि दिनको एक पटक चिया पसलमा पुग्थ्यो र चिया नास्ता गर्थ्यो ।हर्के नामलेचाहि सायद हर्क बढाई गरिरहेको आवास दिन्थ्यो क्यारे उ दुखी थिएन् ।उ हर्षित मुद्रामा देखिन्थ्यो ।उ कोठा बाहिर हिँडेपछि प्राय जङ्गल रहेको ठाउँतिर लाग्थ्यो । क्रमशः ….