हालै बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथि लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको एकजना मन्त्रीले जानकारी दिएका छन् । टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको उनले बताए । सहमति भएपछि टिकटक खुल्ने उनले बताए । तत्कालीन सरकारले सामाजिक विकृति बढेको भन्दै गत कार्तिकमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटक भने भिपिएन,डिएक्स एनबाट चलिराखेको थियो ।अब भने नीतिगतरुपमा टिकटक खुलेको र सम्झौता पछि कार्यन्वयनमा जाने मन्त्रीको आशय थियो । टिकटक बन्द भएयता डाटा प्रयोग कम भएको थियो । काठमाडौं उपत्यका बाहेकका स्थानमा टिकटको चालु भएको थियो ।टिकटक अधिकांश मानिसका लागि नभइ नहुने साधन बन्दै आएको थियो ।