नेपाली संस्कृतिको उजागर संसारभर

सुशीला श्रेष्ठ

नेपाल हिमाल पहाड तराई र उपत्यकाको विविधताले बनेको सुन्दर बगैँचा हो।

यहाँ बहुधर्म,बहुजातीय बहुभाषा,बहुसंस्कृति र परम्पराको फुलहरु फुलिरहेका छन्।प्राकृतिक सम्पदा जल, जमिन र जडीबुटीको मात्र सही सदुपयोग गर्न सकेमा मुलुक शीघ्र समृद्धितर्फ अघि बढ्ने देखिन्छ ।

अन्य खनिज पदार्थहरुको उत्खनन् गरी देश विकासमा बीज छर्न पनि सकिन्छ।धार्मिक हिसाबमा चाहे त्यो हिन्दु होस वा बुद्ध,इस्लाम होस् वा क्रिश्चियन नेपाललै। सहजताका साथ स्वीकार्छ किनकि मुलुक धर्म निरपेक्ष छ।

उ बेला पृथ्वी नारायण शाहले चार जात छत्तीस् वर्ण किन भने त्यो मलाई थाहा छैनओ तर मेरो विचारमा चार वर्ण छत्तीस जातै भएको भएनी म यो जात र उ जात गरेर जातीय दंगा फैलाउने काम कहिले गर्दिन् र गर्नेछुइन्।

यहाँका मगर,मैथेली,भोजपुरी,राई नेवार,शेर्पा,दनुवार,माझी लगायत विभिन्न भाषिक समुदायको बाहुल्यता रहेपनि भाषालाई बोली र संकेतको रुपमा नेपालीले बुझ्नु उसको पहिचान हो।हाम्रो देश नेपाल भाषासँगै संस्कृति र परम्परा मिसिएको स्कुल हो।जहाँ आन्तरिक र वाह्य पर्यटक भएर सबैले नेपालको ज्ञान सिक्नै पर्छ ।

सांस्कृतिक विविधताका कुरा गर्दा जातीय वा भाषिक,धार्मिक एवम् सांस्कृतिक जे भए पनि नेपालकै नाम अगाडि आउँछ।

नेपाली विशेषता विगतबाट पाठ सिक्दै वर्तमानमा अडिनु र भविष्यको अनुसन्धान गर्नु रहेको कुरा कसैले नकार्न सक्दैन्।नेपाली संस्कृतिको उजागर संसारभर फैलिएको छ भने धेरथोर वाह्य प्रभावको हैकम जम्न पनि खोजिरहेको वर्तमान परिस्थितिमा राजनीतिक स्थिरतासँगै एक घर एक रोजगार गर्न सम्पूर्ण राष्ट्रसेवी कर्मचारीलाई उमेर होइन योग्यता /सिप,क्षमता अनि परिस्थिति मिलाएर व्यवस्थापन गर्न सके पोलमा टाँसिएको सुख र सम्वृद्धि सडग र समाजमा देखिने थियो

newskiran.com

newskiran.com

You May Also Like